logo

Ratnanagar Municipality

Tourism Portal

logo

Ratnanagar Municipality

Tourism Portal

HomeExploreHotels & ResortsPackagesTravel Agents
logo

Ratnanagar Municipality

Bagmati province

Ratnanagar Municipality, near Chitwan National Park, is a vibrant destination known for its rich culture, wildlife tourism, and agricultural heritage.

Contact Us
Ratnanagar Municipality Office, Chitwan, Nepal
+977-056-560529
[email protected]

Follow us on socials

fbinstagramlinkedinyoutube
Privacy PolicyTerms and Conditions

© 2025 Ratnanagar Municipality. All rights reserved.

Designed by Silicon Soft.

  1. About
  2. Blogs
  3. पर्यटन दिवस : आशा र भरोसासहित सौराहा सुरक्षित, पर्यटकलाई छुटै छुटका नयाँ प्याकेज

पर्यटन दिवस : आशा र भरोसासहित सौराहा सुरक्षित, पर्यटकलाई छुटै छुटका नयाँ प्याकेज

Posted by Admin

Posted on 2025-06-12

2 min read

पर्यटन दिवस :

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भटराईले भने नेपाल सरकारको निर्देशन अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर व्यवसाय सुरु गरेका छौं । पर्यटकीय गतिविधि सञ्चालन गर्दा व्यवसायीहरुले अपनाउनुपर्ने स्वास्थ्य प्रोटोकलका विषयमा वेभ सेमेमिनार समेत दिएको जानकारी दिदै उनले भने अबको एक हप्ताभित्र हरेक सेवामा २० देखि ३० प्रतिशत छुटको घोषणा समेत गर्दैछौँ ।
सौराहा कोरोना मुक्त छ । होटल प्रवेश गरेदेखि विदाई हुने समयसम्म सुरक्षित विधि अपनाएका छौ । हामीले यो वर्षलाई यहाँका होटल तथा संरचनामर्मत र सरसफाई प्राथमीकता दिनेछौँ अर्को वर्ष प्रचारप्रसार रहने छ भने २०२२ मा अत्याधिक आन्तरीक पर्यटक भित्र्याई नेपालको तेस्रो पर्यटकीय स्थल सौराहालाई दोस्रो बनाउने छौ । उनले भने कोरोनाको यो क्षतीपुर्ती पुरा भई पुरानै लयमा फर्कन सौराहालाई २ वर्ष लाग्ने छ ।

सौराहामा विषेश गरी चीन र भारतबाट पर्यटकहरु आउने गरेका थिए । बाँकी पर्यटक आन्तरिक र बाह्य हुन । व्यवसायीका अनुसार कोभिड–१९ ले गर्दा सौराहामा झुप्रो देखि सुरु भएको व्यवसाय पहिलो पटक थला परेको र फेरी शुन्य बाटै सुरु गर्नु पर्ने अवस्थामा आएको यहाँका व्यवसायीहरु बताउछन् ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यहाँ पर्यटकीय पूर्वधारहरु थपगर्ने काम भएकै समय कोभिडका कारण स्थगित भएका छन् । यसले गर्दा व्यवसायीहरुलाई व्ययभार परेको छ । बागमती प्रदेश सरकारले सौराहामानै भ्रमण वर्षको उद्धघाटनका साथ विभिन्न योजनाहरु अगाडि सारेको थियो ।
युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषीराम तिवारीले हात्ती सयर सेवा पनि सुरु भएको जानकारी दिदै छिटै नयाँ प्याकेज घोषण गरिने बताए । सौराहामा आउने ६० प्रतिशत पर्यटकहरु वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेका छन् ।

रत्ननगर नगरपालिकाका उपमेयर बिमला दुवाडिले सञ्चार माध्यमलाई सौराहा सुरक्षित रहेको सन्देश प्रवाह गर्न आग्रह गरिन् ।
कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक बनका अध्यक्ष गणेश श्रेष्ठ, क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसे लगायतले मन्तव्य राखेका थिए ।
कोरोना भाइरस संक्रमणपछि सौराहा चैत ११ गते देखि बन्द थियो । लकडाउनपछि लगाइएको निषेधाज्ञा खुकुलो भएपछि असोज १ गते देखि खुलेको छ । सौराहा आउने पर्यटक हात्ती सफारी, डुंगा सयर, जंगल वाक, जिप सफारी मार्फत चराचुरुङ्गी तथा वन्यजन्तु हेरेर रमाउने गर्छन् । सौराहामा झन्डै १२० वटा होटल तथा ७० वटा रेस्टुरेन्ट छन् ।