logo

Ratnanagar Municipality

Tourism Portal

logo

Ratnanagar Municipality

Tourism Portal

HomeExploreHotels & ResortsPackagesTravel Agents
logo

Ratnanagar Municipality

Bagmati province

Ratnanagar Municipality, near Chitwan National Park, is a vibrant destination known for its rich culture, wildlife tourism, and agricultural heritage.

Contact Us
Ratnanagar Municipality Office, Chitwan, Nepal
+977-056-560529
[email protected]

Follow us on socials

fbinstagramlinkedinyoutube
Privacy PolicyTerms and Conditions

© 2025 Ratnanagar Municipality. All rights reserved.

Designed by Silicon Soft.

  1. About
  2. Blogs
  3. चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि शुरु

Posted by Admin

Posted on 2025-06-12

2 min read

चितवन राष्ट्र

चितवन राष्ट्रिय निञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जङ्गलवाक र पक्षी दृश्यावलोकन खुला भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिप सफारीका लागि बाटो मर्मत गर्दैछौँ, दशैँअघिसम्म सञ्चालनको तयारीमा छौँ ।” उहाँले आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेको भन्दै क्रमशः अवस्था सहज बन्दै जाने बताउनुभयो ।

निकुञ्जअन्तर्गतका सामुदायिक वनमा भने यसअघि नै पर्यटकीय गतिविधि खुला भइसकेका छन् । निकुञ्जले राप्ती नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का प्रक्रिया पनि अघि बढाएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । उहाँले पदयात्रा मार्गको झाडी सरसफाइको काम पनि भइरहेको बताउनुभयो ।

असोज, कात्तिक महिना निकुञ्ज घुम्न राम्रो मौसम मानिन्छ । यस वर्ष पर्यटकीय गतिविधि शून्य छ । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले निकुञ्जले प्रवेश खुला गरेपछि पर्यटकीय क्षेत्र चलायमान हुने बताउनुभयो । उहाँले दशैँतिहारमा आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेको जानकारी दिनुभयो । सौराहामा छुटलगायतका प्याकेजका कार्यक्रम पनि घोषणा भएको उहाँले बताउनुभयो ।

गत वर्ष एक लाख ८२ हजार ४३५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए । यसमध्ये ८९ हजार ४४१ नेपाली, १४ हजार २३९ सार्क राष्ट्रका र ७८ हजार ७५५ जना अन्य देशका थिए । गत वर्ष पर्यटनबाट मात्र रु १९ करोड ९२ लाख ५५ हजार ६८१ कमाएको निकुञ्जको यस वर्ष आम्दानी शून्य छ । निकुञ्जले पर्यटक प्रवेश शुल्क र डुङ्गा शयरको बोलपत्रमार्फत राजश्व सङ्कलन गर्ने गरेको छ । विसं २०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यको निकुञ्ज हो ।

Source: Sauraha Online